कास्की/ बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् ।भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि खिर्रोको बोटमा रेडियो बजाएर राखिएको छ ।

पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।खबरहब