मेष: साताका प्रारम्भिक दिन मनोरञ्जनात्मक हुनेछन् । मध्यतिर घरायसी तथा अफिसयल दुवैतर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारिक सदस्यहरूले मन दुखाइमा हेक्का राखी साथ दिए उचित हुनेछ । सञ्चित धन खर्च गरेर सवारी साधन खरिद गर्ने अवसर जुट्ने सम्भावना छ । साताको अन्त्यमा चिसोबाट टाडै रहँदा बेस हुनेछ ।

वृष: साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । नम्र भै जिम्मेवारी बोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताले महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुपर्नेछ । खानपान तथा भोज–भतेरमा सामेल हँुदा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ ।

मिथुन: अधुरा रहेका कतिपय चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कामहरूको गाँठो फुक्ने सम्भावना छ । कुनै काम सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमता अपनाउनुहोला ।

कर्कट: प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । प्रतिफल हात पार्न ठूलै प्रयत्न गनुपर्नेछ । सोचेजस्तै नतिजाप्राप्त गर्न इँटा रंगको पहिरन रोज्नुहोला । वृद्धवृद्धा तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । मेहनत गरी रचनात्मक काम गर्दा अरूको मन जित्न सकिनेछ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुस हुनेछ ।

सिंह: तपाईंको नामबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोमबारदेखि शुभचिन्तकहरूको साथ र विद्वान्हरूको सहयोग जुट्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउँदा लाभ हुनेछ । अभिव्यक्ति कलामा निखार आउनुका साथै सिर्जनशील रचनाले धेरैको मन लोभ्याउन सकिनेछ । विशेष उपहारका साथ साथीहरू भेट्न आउन सक्छन् ।

कन्या: काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे धन आर्जन हुने योग छ । कला तथा साहित्यमा मन रमाउनेछ, बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । हठ गर्ने बानीले परिवारमा मनमुटाव ल्याउन सक्छ । परिस्थतिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ ।

तुला: सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका पाइने योग छ । साथी–संगीमाझ चर्चित भइनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । बोलीमा थप प्रभाव पार्न सुनौलो रंग हितकर हुनेछ । मनोरञ्जनमा सहभागी हुँदा चिसोको ख्याल राख्नुहोला । घरायसी व्यवहारबाट टाढा रहनु नै उचित हुनेछ ।

वृश्चिक: रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने रोजगारी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ ।

धनु: रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । अध्ययनका लागि विदेश जाने प्रक्रियाअधि बढ्न सक्छ । आर्थिक पक्ष सबल रहनुका साथै भैतिक सुखका साधन जुट्नेछन् । आफ्नाका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ । मित्रता र प्रेमको गाँठो कसिन सक्छ । सप्ताहन्तमा तपाईंका विशेष प्रस्तावलाई साथीहरूले अनुमोदन गर्नेछ ।

मकर: इच्छाएको जिम्मेवारी प्राप्त हँुदा थप मेहनतको खाँचो पर्नेछ । विपक्षीले तपाईंका त्रुटि औंल्याउन सक्छन्, सकरात्मक रूपमा कमजोरीलाई आत्मासात् गरे उचाइमा पुगिनेछ । विदेश भ्रमणमा सहभागी हँुदा अवसर र चुनौती दुवै आइलाग्न सक्छ । खराब नियत भएकाहरूबाट टाढै रहनुहोला । सेतो पहिरन लगाउँदा अवलम्बन गर्दा सानो मेहनतले पनि सही मार्ग पहिल्याउन सघाउनेछ ।

कुम्भ: होस नपुर्‍याई निर्णय गर्दा ससाना कुरामा आलोचित हुनुपर्नेछ । त्यसले तपाईंको मर्यादामा चोट पुग्न सक्छ । नयाँ अवसरमा प्रतिस्पर्धा गर्दा सफलता हात पर्न सक्छ । कर्मचारी वर्गले यो साता विशेष ध्यान पुर्‍याउनुपर्नेछ । नयाँ मित्रहरू तपाईंप्रति आकर्षित हुँदा संयमता तथा बोलीको मधुरताले नै उचाइमा पुर्‍याउनेछ ।

मीन: दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन्, त्यसैले तदारुकता अपनाउनुहोला । तपाईंप्रति साथीहरूले आर्थिक सहयोग तथा सापटीको अपेक्षा राखेका छन् । परिस्थितिलाई अनुसरण गरी अघि बढ्नुहोला । साताको अन्त्यमा विशिष्ट व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । पहेंलो पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah