८ वैशाख । आकांक्षी धेरै देखिएपछि एमालेलाई आफैँले तोकेको समयसीमाभित्र उम्मेदवार छान्न धौ–धौ परेको छ । बिहीबार (७ वैशाख)भित्र वडाध्यक्षको नाम टुंग्याएर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरिसक्न एमालेले जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । तर, बिहीबारसम्म अधिकांश जिल्लाबाट सिफारिस आएको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

पार्टीसचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वडाध्यक्षका उम्मेदवार अधिकांश जिल्लाले टुंग्याइसकेको दाबी गरे । गाउँपालिका, नगर, उपमहानगर र महानगरका उम्मेदवारको नाम पनि प्रदेश कमिटीमा सिफारिस भइरहेको उनले बताए । ‘पार्टीले तोकेको समयसीमाभित्र अधिकांश जिल्लाले वडाध्यक्षका उम्मेदवार टुंग्याइसकेका छन्, जिल्लामै टुंगिने भएकाले नाम केन्द्रमा व्यवस्थित रेकर्डका रूपमा नआएको हो,’ भट्टराईले भने, ‘गाउँपालिकाका उम्मेदवारको नाम १० गतेभित्र टुंग्याइने भनिएकाले जिल्लाबाट धमाधम प्रदेशमा नाम सिफारिस भइरहेका छन् ।’ निर्वाचन आयोगले १६ वैशाखमा उम्मेदवारी दर्ताको कार्यतालिका निर्धारण गरिसकेकाले राजनीतिक दलहरूले त्यसअगावै उम्मेदवार छनोट गरिसक्नुपर्ने समयसीमाको दबाब छ । त्यसलाई मध्यनजर गर्दै ७ वैशाखभित्र जिल्लाले प्रदेशलाई सिफारिस गर्ने र १० वैशाखभित्र प्रदेशले उम्मेदवार टुंग्याइसक्ने एमालेले समयसीमा निर्धारण गरेको छ ।

गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूमा एमालेका तर्फबाट एकजनादेखि एक दर्जनसम्म आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेलले गाउँ र नगर कमिटीहरूबाट जिल्लामा बढीमा तीनजना तथा प्रदेशमा त्यसभन्दा कम उम्मेदवारको नाम पठाउन निर्देशन दिएका थिए । तर, आकांक्षी बढी देखिएकाले जिल्लाभन्दा तलकै कमिटीमा सकभर सर्वसम्मत र आकांक्षीको नाम घटाउने प्रयत्न भइरहेको पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ३ का सहसंयोजक काशिनाथ अधिकारीले बताए । ‘आकांक्षीहरूको नाम सकभर तलै घटाउने प्रयास भइरहेकाले पनि केही ढिलाइ भएको हो,’ उनले भने ।

सर्वसम्मतको नीति, आकांक्षीको लर्को 

स्थायी समिति बैठकबाट आकांक्षीको संख्या घटाएर सकभर जिल्ला तहमै सर्वसम्मत बनाउने उद्देश्यले विधि, प्रक्रिया र मापदण्ड तयार पारे पनि आकांक्षीको लर्को देखिएको छ । एउटा व्यक्ति तीन तहमध्ये एउटा तहको निर्वाचनको टिकटका लागि मात्रै योग्य हुने निर्णय कडाइका साथ लागू हुने भन्दै एमालेले तल्लो कमिटीसम्म सर्कुलर गरेको थियो । तर, आकांक्षीको संख्या धेरै देखिएपछि पार्टीले तोकेको समयसीमाभित्र उम्मेदवार चयन भइसक्ने सम्भावना कम देखिएको छ ।

उम्मेदवार छान्न प्रदेशमा बैठकको तयारी 

एमालेले सर्वसम्मत छनोट नभएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको टुंगो लगाउन सातवटै प्रदेश संगठन कमिटीको बैठकको तयारी गरेको छ । दुई दिनभित्र टुंगो लगाइसक्नुपर्ने समयसीमाका कारण बैठकको तयारी भइरहेको ३ नम्बर प्रदेश संगठन कमिटीकी संयोजक अष्टलक्ष्मी शाक्यले बताइन् । ‘शुक्रबार सचिवालयको बैठक बसेर उम्मेदवार टुंग्याउने विषयमा नीतिगत छलफल गर्छौँ,’ उनले भनिन्, ‘आज बेलुकीबाट जिल्लाहरूबाट धमाधम सिफारिस आउने भएकाले भोलि र पर्सि्भित्र उम्मेदवारको टुंगो लगाउँछौँ ।’ उनले सकभर जिल्ला तहमै उम्मेदवार छनोट गर्ने नीतिलाई प्राथमिकता दिइएको पनि जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah