काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्‍याउनका लागि नेताहरु प्रधानमन्त्री निवासमा भेला भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री निवासमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ सहभागी रहेका छन् ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे देखिएको विवादबारे छलफल हुने बताइएको छ ।

आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालिन मुद्दालाई कसरी निश्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो ।