काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक १२ गते मंगलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए।

कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन।

यस वर्ष यमपञ्चक कार्त्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। कार्तिक गते शनिबार काग तिहार परेको छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ।

कार्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कार्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। ११ गते बिहान ९:४३ बजेसम्म औँशी तिथि पर्दछ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ।

कार्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कार्तिक १२ गते नै गरिन्छ। कार्तिक १३ गते बिहान ६:१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कार्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah