भद्रपुर । भद्रपुर १० धनुषमोडमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ३ प ७३९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ७२९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मे ३ प ७३९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर १० बस्ने वर्ष २१ को सञ्जय ठाकुर र मे ६ प ७२९६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका वर्ष ४५ को अर्जुन थापा दुवै घाइते भई उपचारको लागी ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।










