झापा । झापाको दुधे शिवगञ्ज भित्री सडकमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति ३ बस्ने बर्ष ४२ का इन्द्रप्रसाद दंगालको मोटरसाइकलको ठक्करले मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दंगाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुधे बाट शिवगन्ज तर्फ जाँदै गरेको मे २ प पनि ३५३९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई दंगाल लाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडानम्बर ७ बस्ने २१ वर्षीय रीमबहादुर बानिया लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।