झापा दमक ६ तथा साविक दमक ११ मा रहेको द एमरेष्ट सहकारी संस्थाले आफ्नो पाचौ बार्षिकोत्सव बिभिन्न कार्यक्रम सहित मनाएको छ । सहकारीका ब्यवस्थापक धर्मानन्द भट्टराइका अनुसार बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तादान कार्यक्रममा ६० जनाभन्दा बढिले रक्तदान गरेकाछन् । यसैगरि गतबर्ष शुरु गरिएको हरित नगरको अभियानलाइ समेत निरन्तरता दिइएको छ । 
बार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रममा सहकारी अगुवा चन्द्र खड्का, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु, जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुणमणि ओझा, सहकारीका उपाध्यक्ष रोशन गौतम लगायतले बोल्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको थियो ।










