काठमाडौं– 'ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका गायक दुर्गेश थापा पक्राउ परेका छन् ।

थापालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले लोकान्तरलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिहारलाई लक्षित गरी उनले गाएको उक्त गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रूपमा विवादमा तानिएको छ ।

तिहारको बेला बीयर खाने प्रचार गरेका कारण उनी सामाजिक तथा सांस्कृतिक रूपमा समेत आलोचित बनेका छन् ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् –

डन आयो डन, जा मूला भन्, राजा हो राजा, बजाइदिन्छ बाजा, ए निकाल गाँजा, खानुपर्छ आज !

कानूनी रूपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।