काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको छ । अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले नेपालको मौसममा बदली भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै मंगलबार राति देशका मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशका मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

कार्तिक ०६ गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

कार्तिक ०७ गते (बिहीबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

राति: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेकोले ति ठाउँमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ |