मोरङ, कार्तिक ०५ गते ।

मोरङ सुनवर्सी नगरपालिका-१ गृदलियाबाट गोरु काट्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन । सोमबार दिउँसो १२ बजेको समयमा सोही स्थान बस्ने राम अतुलाको भान्सा घर भित्र गोरू काट्दै गरेको छ भन्ने प्राप्त सुचनाको आधारमा प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीको टोलीले गोरू काटी मासु भाग लाउने क्रममा सोही स्थान बस्ने वर्ष ५५ को रहिम मिँया लाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड