दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा महिला दावेदारको संख्या बढेको छ । संविधानले हरेक तहमा प्रमुख र उपप्रमुख मध्ये एकमा महिला अनिवार्य गरेकाले पनि नेतृत्वमा महिलाको दावेदारी बढेको हो ।

कुल मतदाताको आधा भन्दा बढी हिस्सा महिलाको भएकाले पनि स्थानीय तहमा महिलाको नेतृत्व कायम गर्ने आधार खडा भएको हो । स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक महिला उम्मेदवार उठाउनै पर्ने कानुनी वाध्यता रहे पनि अधिकांश ठाउँमा दलीय तयारी हेर्दा महिलालाई उपप्रमुखमा मात्रै सिमित राख्नेगरी दलीय तयारी भएको देखिन्छ । तर, केही महानगर, उपमहानगर र नगरपालिकामा पनि महिलाका नाम प्रमुखको दावेदारका रुपमा अगाडि आएको छ ।

कहाँ कहाँ छन् प्रमुखमा महिला दावेदार ? 
जनसंख्याको हिसावले नेपालकै सबै भन्दा ठूलो महानगर पालिका पोखराको मेयरमा एमलेका तर्फबाट कृष्ण थापा सहित गज कुमारी गुरुङको नाम चर्चामा छ । गुरुङका अतिरिक्त पोखरा महानगरमा  एमालेमा प्रभा कोइरालाको नाम पनि थियो । उनले पछिल्लो पटक उपमेयरमा दावी गरिरहेकी छिन् । ‘मेरो तयारी मेयरमै थियो तर, साथीहरुसँग सल्लाह गर्दा उपमेयरमा ठीक हुन्छ भनेकाले उपमेयरमा तयारी गरेकी छु’ कोइरालाले भनिन् । एमालेका तर्फबाट उप मेयरमा मन्जु गुरुङ, गंगा कुँवर, मित्रकुमारी गुरुङ सुवेदी,  मिना गुरुङ आदिको नाम चर्चामा छ । एमाले पोखरा महानगरले कायृकर्ताबीच भोटिङ गरेर उम्मेदवार छनौट गर्नेछ ।

यस्तै काठमाडौंको मेयरमा पूर्व मेयर केशव स्थापित, जिल्ला सचिव विद्यासुन्दर शाक्य सहित महिला दावेदार पनि देखिएका छन् । काठमाण्डौ महानगरको मेयरमा केन्द्रीय सदस्य सावित्री भुसाल, जिल्ला उपसचिव सरिता न्यौपानेको नाम चर्चामा छ । त्यस्तै उपमेयरमा पूर्व सांसद शान्ति अधिकारी, रत्न गुरुङ र शर्मिला कार्कीको नाम चर्चामा छ ।

यस्तै ललितपूर महानगरपालिकाको मेयरमा अन्य पुरुष उम्मेदवारसँगै पूर्व सांसद सुशीला नेपालको नाम आएको छ । यस्तै उपमेयरमा मुद्दति केसी, गीता सत्याल, शान्ति महर्जन, फरिन्दा महर्जन, निरु खड्का, भगवती शाही छन् । त्यस्तै भरतपुर महानगरको मेयरमा उमा कार्की र सूर्यवदना हमालको नाम चर्चामा छ । उप मेयरमा सारदा कुमाल, पार्वती रावल, कल्पना सापकोटा, विद्या आचार्य आदिको नाम चर्चामा छ । बीरगञ्ज उपमहानगर पालिकाको मेयरमा एमालेबाट निर्मला देवकोटाको नाम सिफरिस भएको छ ।

यस्तै नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको मेयरमा आकांक्षीको नाम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने नेपाल महिला संघ केन्द्रीय सचिव धना खतिवडाले वताइन् । उनका अनुसार काठमाडौं महानगरमा कांग्रेसमा मेयर दावेदार छैनन् । माओबादीमा भरतपुर महानगर पालिका बाहेक अन्यत्र मेयरका दावेदार देखिएका छैनन् । केन्द्रीय सदस्य अमृता थापा मगरका अनुसार कुन नगरमा महिला मेयरका उम्मेदवार हुन्छन् भन्ने बैशाख नौ गते टुंगो लाग्ने वताइन् ।

नयाँ संरचनामा हुन लागेको यो चुनावमा चार महानगर, १३ वटा उपमहानगर, २४६ वटा नगरपालिका र ४८१ वटा गाँउपालिकाबाट २८ हजार दुई सय ८० जना जन प्रतिनिधिहरु छानिने छन् । जसमा मेयरमा २६३ जना उपमेयरमा २६३ जना ४८१ गाँउपालिका प्रमुखहरु र त्यति नै संख्यामा उपप्रमुख छानिएर आउनेछन् । वडा सदस्यमा एक दलित सहित दुई जना महिलाको प्रतिनिधित्व हुनुपर्ने कानुनी ब्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah