जनकपुरधाम –जनकपुरधाम वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै बुधवार ४० वर्षिय मनोज शाहको गोली हानी हत्या भएको छ ।

स्थानीय पंकज चौधरीले पैसा माग्न जाँदा उनीको गोली हानी हत्या गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रत्यक्षदर्शी अमित कुमार शाहका अनुसार, वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले उनलाई गोली हानेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ ।

मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकान्तर बाट साभार गरिएको