सुनसरी, कार्तिक ०६ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहरा बस्ने ९० बर्षीय झपट बहादुर बस्नेतको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो सवा ४ बजेको समयमा कोशी राजमार्गको साईडमा जमेको पानीमा एक बृद्ध डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले बृद्धलाई पानीमा डुबि मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।










