पाँचथर, कार्तिक ०६ गते ।

पाँचथरको कुम्मायक गाउँपालिका-५ का २७ बर्षीय सुनिल सम्बाहाम्फेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा पाँचथरको जोरपोखरीबाट फिदिम तर्फ आउँदै गरेको को १२ प २६२ नम्बरको मोटरसईकल सल्लेरी भन्ने स्थानमा ना ३ ख ५६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सम्बाहाम्फेको उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड