जनकपुरमा गोली प्रहार गरी एक व्यवसायीको ह त्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका पंकज चौधरीले गोली प्रहार गरी व्यवसायी ४० वर्षका मनोज शाहको ह त्या गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार बिहान शिव आयल निगमका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका–२, वकिलटोल निवासी मनोज आफ्नो बाँकी बक्यौता पैसा माग्न जाँदा पंकजले गोली प्रहार गरेका थए ।

छातीमै दुई गोली लागेका व्यवसायी मनोज घटनास्थलमै मृ त्यु भएको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट गोलीको २ वटा खोका बरामद भएको छ । साहको हत्या गरी छिमेकको घरमा लुकेका पंकजलाई प्रहरीले तत्कालै हतियारसहित पक्राउ गरेको छ ।

पंकजको साथबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली १९ थान, अर्को कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

गोली प्रहार गर्ने पंकजसमेत निर्माण व्यवसायी भएकाले उनीहरूबीच पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृ तक मनोजको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

साहको पारिवारिक श्रोतले पंकज डिजल बापतको बक्यौता रकम लिन बोलाएका थिए । बिहान पंकजले पैसा लिन आउ भनी फोनसमेत गरेका थिए । पैसा लिन गएको बेला मनोज र पंकजबीच विवाद भएको थियो । त्यही क्रममा पंकजले मनोजमाथि गोली प्रहार गरेका थिए ।

स्थानीय नागरिकका अनुसार झण्डै आधा घण्टासम्म पंकजको घरमा दुवैबीच वि वाद भएको थियो । एक्कासि गोली चलेको आवाज आएपछि स्थानीयहरु घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक खनालले बताउनुभयो ।