९ वैशाख । नेकपा (एमाले)ले पोखरा लेखनाथ महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस गरेको छ । मतदानमार्फत एमालेले मेयर तथा उपमेयरको सिफारिस गरेको हो । मेयर र उपमेयरका उम्मेदवार आकांक्षी धेरै भएपछि एमालेले निर्वाचनमार्फत उम्मेदवारको टुंगो लगाएको हो ।
एमाले वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी र कास्की अध्यक्ष तथा पोखरा लेखनाथ महानगर कमिटीका संयोजक कृष्ण थापा छनोट भएका छन् । महिलामा मित्रकुमारी गुरुङ (सुबेदी) को नाम सर्बसम्मत छनोट भएको छ ।
श्रीनाथ बराल, राजिव पहारीलगायत पनि मेयरका आकांक्षी थिए तर उनीहरु छनोटमा परेनन् । उपमेयरमा प्रभा कोइराला, मञ्जु गुरुङ र देबका पहारी सिफारिस भएका छन् ।



