काठमाडौं – गृह मन्त्रालयले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको सिफारिसको आधारमा भाइटीकाको साइत सार्वजनिक गरेको जनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रालयको अनुसार, कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले सिफारिश गरेको छ ।