झापा । झापाको अर्जुनधारा नगरपालिका ९ गोलधाप बस्ने २२ वर्षीय वसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।