नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय निर्वाचनमा देशभरीबाटै एमाले बहुमतसहित पहिलो बन्ने दाबी गरेका छन् । ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चले स्थानीय निर्वाचनको सन्दर्भ पारेर आयोजना गरेको शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘एमाले देशभरीबाट बहुमतसहित पहिलो पार्टी बन्छ,’ उनले भने, ‘प्रदेश नम्बर दुईमा पनि एमाले नै पहिलो हो ।’

उनले मधेसवादी दलहरु एक ठाउँमा आएपछि निर्वाचनको माहोल बनेको भन्दै वैशाख ३१ मा हुने स्थानीय निर्वाचन कसैले रोकेर रोक्न नसक्ने दाबी गरे । ‘मधेसी दलहरु एक ठाउँमा आएपछि एमालेलाई चुनाव जित्न झन सजिलो भएको छ,’ उनले भने, ‘उनीहरु एक नहुँदा काँग्रेसले तेल घसेर एमालेको विरुद्धमा प्रयोग गर्ने सम्भावना थियो अब त्यो सम्भावना छैन ।’

मधेसी दलहरुले अब काँग्रेसलाई सहयोग गर्ने होइन आफैलाई भोट हाल्ने भएकाले पनि तराई–मधेसमा एमालेलाई पहिलो हुन सहज भएको दाबी गरे । ‘देशभरी नै हाम्रो प्रतिष्पर्धा काँग्रेससँग हो,’ उनले भने, ‘प्रदेश नम्बर दुईमा पनि मुख्य प्रतिष्पर्धा काँग्रेससँग नै हो ।’ उनले प्रदेश नम्बर दुईमा मधेसी दल तेस्रो शक्तिका रुपमा आउन सक्ने बताए ।

‘अहिले एमालेलाई हराउन देशव्यापि रुपमा गठजोर भएको छ,’ उनले भने, ‘ती सबैलाई फिका बनाएर एमाले शानदारसँग पहिलो पार्टी बन्छ ।’

सीमाभित्रै विवाद मिलाउनु

ताप्लेजुङको साँघुमा जन्मिएका भट्टराईले ताप्लेजुङ भित्रको विवाद जिल्ला भित्रै मिलाउन निर्देशन दिए । ‘ताप्लेजुङ इतिहास बोेकेको जिल्ला हो,’ उनले भने, ‘स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयलाई सीमा भित्रै मिलाउनु । विवाद बाहिर नल्याउनुहोला ।’

उनले ताप्लेजुङ जिल्लामा एमाले नै पहिलो हुने दाबी गरे । ‘ताप्लेजुङमा केपी ओली, माधव नेपाल, झलनाथ खनालले भनेर जितिने होइन,’ उनले भने, ‘जनताकाबीचमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनु होला । चुनाव जित्न कुनै समस्या छैन । नेताको आर्शिवाद लिएर जित्छु भन्ने नठान्नुहोला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah