वि.सं. २०७६ कात्तिक ९,शनिबार, इ.स. २०१९ अक्टोबर २६, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, त्रयोदशी, १४:०८ उप्रान्त चतुर्दशी, नक्षत्र– उत्तरफाल्गुनी, ७:३१ बजेदेखि हस्त, २९:५५ बजेउप्रान्त चित्रा, योग– वैधृति, २६:५३ बजेउप्रान्त विष्कम्भ, करण– वणिज, १४:०८ बजेदेखि भद्रा, २४:५८ बजेउप्रान्त शकुनि, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:११ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २८ घडी १ पला। व्रत/ पर्व-यम–पञ्चक (तिहार), कागतिहार, काकबलि, धन्वन्तरीजयन्ती, स्वन्ति च:ह्रे पूजा।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १०, आइतबार, इ.स. २०१९ अक्टोबर २७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, चतुर्दशी, ११:५० उप्रान्त औंसी, नक्षत्र– चित्रा, २८:२८ बजेउप्रान्त स्वाती, योग– विष्कम्भ, २३:५५ बजेउप्रान्त प्रीति, करण– शकुनि, ११:५० बजेदेखि चतुष्पद, २२:४५ बजेउप्रान्त नाग, आनन्दादिमा पद्म योग, चन्द्रराशि– कन्या, १७:१० बजेउप्रान्त तुला,सूर्योदय– ६:११ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २७ घडी ८ पला। व्रत/पर्व-यम-पञ्चक (तिहार), प्रात: तैलस्नान, नरकचतुर्दशी, कुकुर तिहार, दर्शश्राद्ध, लक्ष्मी पूजा, दीपावली (दीपमालिका), सुखरात्रि, निशि बार्ने औंसी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah