पोखरा –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कास्की जिल्ला कमिटीले मङ्सिरमा हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

शुक्रवार बसेको नेकपा कास्की जिल्ला कमिटी बैठकले स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती भट्टराईलाई सिफारिस गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला कमिटीका एक सदस्यले लोकान्तरलाई दिएको जानकारी अनुसार बैठकमा भट्टराईको नाम सर्वसम्मतिले पारित भएको थियो ।

अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि कास्कीको क्षेत्र नम्बर २ खाली छ ।लोकान्तर बाट साभार