दमक/ समाजबादी पार्टी प्रदेश नं. १ को अध्यक्षमा सर्वसम्मत रुपमा दमकका राजनीतिक तथा सामाजिक ब्याक्तित्व प्रविण चाम्लिङ निर्वाचित भएकाछन् ।
धरानमा शुक्रबार भएको समायोजन कार्यक्रमबाट चाम्लिङको अध्यक्षतामा प्रादेशिक कार्यसमिति बनेको हो । एकता अघि उनि संघीय समाजवादी फोरमका प्रदेश अध्यक्ष थिए ।
साविक संघीय समाजवादी फोरमबाट ५७ र साविक नयाँ शक्तिको तर्फबाट ४३ सदस्यीय समायोजन गरी १ सय सदस्यीय समिति को नेतृत्व उनले पाएकाछन् ।
केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ट नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, रकम चेम्जोङ लगायतको उपस्थितमा उनलाइ नेतृत्वको जिम्मेवारी दिईएको हो ।










