काठमाडौं । पूर्वसभासद् कमला सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहनुभएकी सुवेदी पछिल्लो समय रामेछाप –काठमाडौं सम्पर्क समितिको संयोजक हुनुहुन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनु भएको छ ।

उहाँ प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुग्नु भएको थियो ।