काठमाडौं/ शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीको कारणले नेपालको पूर्वी तथा मध्य भू–भागको मौसममा बदली रहने सम्भावना छ ।
यस्ताे छ तीन दिनकाे माैसम:
कार्तिक ९
शनिबार देशभरका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने देखिन्छ। पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशको पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक १० आइतबार देशको मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशभका पूर्वी भू–भागमा आंशिकदेखि देखि सामान्य बदली र मध्य र पश्चिममा आंशिक बदली रहने सम्भावना छ । पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कार्तिक ११
सोमबार दिउँसो देशभका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र मध्य र पश्चिममा आंशिक बदलीको सम्भावना छ । पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति देशभका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र मध्य र पश्चिममा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।










