काठमाडौं/ शनी विश्वकर्मा आईएमई नेपाल लोकस्टारको विजेता भएका छन्। एपी वन टेलिभिजबाट प्रशारण हुने मौलिक रियालिटी शो आईएमईको नेपाल लोकस्टारको विजेता बनेका रोल्पाका शनीले ५० लाख नगद र २५ लाखको जीवन वीमा जितेका हुन्।
यस्तै सेकेण्ड रनरअप विनोद दनुवार भए। उनले १० लाख नगद पुरस्कार जिते भने फस्र्ट रनरअप चेतन गोतामे भए। उनले २५ लाख नगद पुरस्कार जिते। शुक्रबार एक भव्य कार्यक्रमका बिच प्रतियोगिताको फाइनल भएको थियो।



