नारायण थापा भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गर्नुभएको छ ।
नेपाल सम्वत्को अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिष्टहरुको एकता र सरकार मन नपरेको बताउनुभयो । राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको स्मरण गर्दै दाहालले अबको राजनीति विकास र समृद्धिको रहेको बताउनुभयो ।
दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा गरेपनि सरकारले व्यवहारमा लागू नगरेको भन्दै आगामी दिनमा व्यवहारमा लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।










