दमक। १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले नेपालीहरुको सस्कृती एवं संस्कार, सामाजिक एकता र सदभाव विश्वका लागि अनुकरणिय भएको बताउनु भएको छ । उहाँ आफैले आफ्नो निर्वाचन क्षेत्रमा झापाको क्षेत्र नं. ५ (क)मा शनिबार आयोजना गर्नु भएको दशै, तिहार तथा छठ पर्वको शुभकामना तथा चियापान कार्यक्रममा यस्तो बताउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले चाडपर्वहरुलाइ जिवन्त राख्नका लागि भड्किलो हुनु नहुने जनाउदै परम्पराहरुलाइ जोगाउने हिसावमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले चाडपर्वहरुले मुलकको एकता र सहिष्णुतालाइ बढाउन सहयोग पुगेको बताउनु भयो । समुदायमा एकता र सहिष्णुतालाइ कायम राख्नका लागि यस्ता पर्वहरुलाइ हामीले हर्षोउल्लासका साथ मनाउन सक्नुपर्छ, कार्कीले भन्नुभयो ।

यसैबीच मन्त्रि कार्कीले सरकार तथा संघियताप्रति बितृष्णा जोगाउने काम भइरहेको जनाउदै त्यसको पछि नलाग्नका लागि आग्रह गर्नु भयो । उहाँले तीनवटै तहका सरकार विकास निर्माण लगायत मूलकको सम्बृद्धिको लागि अहोरात्र लागेको जनाउदै अब यसको नतिजा निस्कदै जाने बताउनु भयो । अहिले जनताका ईच्छाहरु र आकाक्षाहरु पुरा गर्न सरकार लागि परेको छ, उहाँले भन्नुभयो ।

कार्कीले स्थानीय क्षेत्रसम्म विकासका कामहरु तिब्र रुपमा भएको र परिवर्तनहरु देखिएपनि सरकार विरुद्ध योजनाबद्ध रुपमा भ्रम फैल्याउने काम भइरहेकोप्रति चिन्ता पनि प्रकट गर्नु भयो । काम केहि नै भएन भनेर जसरी अहिले बाहिर हल्ला फिजाईएको छ त्यस्तो छइन, उहाँको भनाइ थियो । निर्वाचनको समयमा गरिएका प्रतिबद्धता र घोषणापत्र अनुसार काम गर्छौ, उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नम्बर प्रदेश अध्यक्ष बोधराज घिमिरे, प्रदेश सभा सदस्य झलकसिं दर्लामी, नेकपाका केन्द्रिय सदस्य एवं झापा जिल्ला इन्चार्ज रबिन कोइराला, जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेल, कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले लगायतले श्ुभकामना सहित आफ्ना भनाइहरु राख्नु भएको थियो ।