अस्तीका दिन, हिजो र आज दिनभरी लगातार बालुवाटारमा बैठक भएको भएकै छ । ती  बैठक कसरी चुनाव रोक्न सकिन्छ, के निहुँ पारेर रोक्न सकिन्छ भन्नका निम्ति भएका छन् ।  प्रधानमन्त्री लगायतका विभिन्न मान्छेहरु अस्ती नै देखि एमालेले चुनाब स्थगित गर्न माग गर्यो भनेर भाषण  गरेर हिँडेका छन् । त्यसभित्र उनीहरुको उद्धेश्य के छ भन्ने कुरामा अनौठो मान्नुपर्दैन । एमालेले चुनाब स्थगित गर्ने माग गर्यो रे, तपाईहरुले पनि शायद यसो भनेको सुन्नुभएको होला ।
अर्का एकजनाले भाषण गर्दै हिँडे । लुम्बिनी लगायत अनेकतिर गएर एमालेले चुनाब स्थगित गर्न आग्रह गरिहेको छ, चुनाब पर सार्न भनिरहेको छ भन्दै उनी हिँडे । एमालेले दुई चरणमा निर्वाचन गरौं भन्दैछ, के के हो, के के । हिजो, अस्ती र आज यी तीन दिन बालुवाटारमा अहिले तत्काल नेपाललाई बर्बाद पार्न सकिदैन, कमजोर पार्न त सकिएला नि । त्यो कसरी गर्ने भनेर बिभिन्न कोणबाट त्यसको हिसाब किताब, बिचार बिमर्श भएको छ ।

नेपाललाई कसरी कमजोर पार्ने ? षड्यन्त्र भईरहेका छन् । हामीले भन्यौ अघिल्लो संविधान संशोधनको प्रस्ताब संविधान सम्मत छैन, उपयुक्त छैन । यो उचित छैन । त्यसो भन्दा उधुम मच्चाएर हिँडे । एमालेले हिमाल, पहाड र तराई बिभाजन गर्न, टुक्रयाउन खोज्यो भन्दै हिँडे । धन्य कतिपय बक्ताहरुको बोली बुझिँदैन र राम्रो भएको छ । नत्र त्यो भनेजति सबै बुझिने हो भने त्यो अचम्मैको भाषण हुन्थ्यो । त्यस्तो त्यस्तो बोलेर हिँडे ।

अन्तिममा त्यो संशोधन प्रस्ताव यति महिनापछि आएर फिर्ता गर्यो सरकारले । फिर्ता गरेको भनेको के हो भने त्यो अनुपयुक्त छ, अनुचित छ, राख्नु नहुने राखिएछ भन्ने हो । भुलचुक भएछ भनेर फिर्ता लिएको हो । फेरि अव अर्को प्रस्ताव । हल्ला के गरेको गर्यौ छ भने एमालेसँगको परामर्शमा प्रस्ताव ल्याएको हो । एमालेसँग कुनै परामर्श भएको छैन । केही पनि भएको छैन । निर्वाचन रोक्न सकिन्छ भने रोक्ने, पर सार्न सकिन्छ भने सार्ने काम भइरहेको छ । एक महिना पर सार्ने भनेपछि असारमा कहाँ हुन्छ निर्वाचन ? त्यो नगर्नका लागि हो ।  पर सार्ने भनेको नगर्नाका लागि हो । दुई चरणमा गर्ने भन्ने, दुई चरणमा कसरी हुन्छ भन्दा जेठ १५ गते बजेट आउँछ । अहिले नै अर्बौ रकम रकमान्तर गरिएको छ, त्यो भ्रष्टाचार हो । अनैतिकता हो विकासका नाममा ।

अहिले गैरकानुनी ढंगले पैसा बितरण भएको छ । अर्बौं भ्रष्टाचार गरेर आएका, लुटेर आएकालाई यो २/४ करोड, १/२ अर्ब लाज हने कुरै भएन । त्यसो पनि गरिरहेका छन् । उनीहरुको उदेश्य अत्यन्तै हानिकारक छ । यस देशमा एमाले यस्तो शक्तिका रुपमा छ, भित्रका शक्तिहरुलाई पनि टाउको दुखाई यही भएको छ, बाहिरका लागि पनि टाउको दुखाई यही एमले भएको छ । यसले देश बिगार्न दिंदैन, यसले भ्रष्टाचार गर्न दिंदैन, नभए मज्जाले गर्न पाइन्थ्यो भन्ने परेको छ । विदेशीलाई पनि त्यही हो, देशी विदेशी दुबैलाई त्यही परेको छ ।

त्यसो हुनाले उनीहरुका लागि एमाले यस्तो भयो चुनाबमा गए उसले जित्छ, नजाऔं कहाँसम्म भाग्नु, कहिले सम्म भाग्नु । भित्रका र बाहिरका सबैलाई त्यही छ । अघिल्लो अंक नेपाल भन्ने एउटा म्यागजिनले मैमत्त नेता भनेर मेरो तस्बिर फ्रन्ट पेजमा छापेको छ । यसले कहाँ कहाँदेखि लागेका छन् भन्ने एमालेलाई कमजोर पार्न भन्ने देखिन्छ । हामी ती चुनौती सामना गरेर देश बचाउँछौं । साथीहरु ढुक्क हुनु भए हुन्छ । हामी देश बचाउँछौं, स्वाधीनता बचाउँछौं । देश कसैले टुक्र्याउन पनि सक्दैन, हामी भौगोलिक अखण्डता कायम राख्छौं । हामीले लडेर ल्याएका अधिकार कसैले खोस्न सक्दैन । संविधान मान्दैनौ भनेर यस्तो, उस्तो भनेर बकबास गर्नेहरु छन् । तिनले संविधान मानिसके । मान्दैनौं भन्नेहरुले सोझै अस्वीकार गर्न नसक्ने भएपछि अहिले टुक्रा टुक्रामा नमान्ने भन्दै लागेका हुनसक्छन् । संविधान संशोधनका नाममा राष्ट्रिय हितलाई कमजोर पार्ने काम गरेका हुनसक्छन् । निर्वाचन र संविधान संशोधन, पहिले पेश गरेको र अहिले पेश गरेकाको निर्वाचनसँग कुनै सम्बन्ध छैन । पहिलेको धारा ६, ७, ११, ८६, २८७ र अनुसूची ४ मा कतै यिनको निर्वाचनसँग सम्बन्ध थियो ? भन्दा कहि  पनि सम्बन्ध छैन । किन संशोधन गर्नुपर्ने अरे भने कसैले गर भनेको छ रे । कसका आदेश तामेल गर्नुपर्ने ? कसको रोडांईलाई मानिदिनुपर्ने ? साह्रै रोडांई गर्यो, हँुदैहँुदैन भन्यो, अलिकति नोक्सान नगरी त मान्दै मान्दिन भन्छ । राष्ट्रलाई नोक्सान पारौं न त भनेर पार्ने काम भइरहेको अवस्था हो ।

यहाँनेर भूगोलका नाममा मधेश मधेश भनेर गरेको के हो ? मधेश मधेश भनेर गरेको के भन्दा मधेश र पहाडीका बीचमा बैमनस्यता, कटुता बढाउन खोजेको हो । यो देशद्रोही कुरा हो । जाति जनजातिका नाममा देशद्रोही कुरा गरिदंैछ । मैले अस्ती २९/३० गतेको आदीबासी जनजाति महासंघको प्रस्ताब हेरेको थिएँ । त्यो प्रस्ताव देशको गम्भीर अहितमा छ । लोकतन्त्रको बिरुद्ध छ । नेपालाई क्षतबिक्षत बनाउने उदेश्यहरु त्यहाँ घोलिएका छन् । यो सप्रादायिक कुरा किन गरिन्छ देशमा ? मैले एकजना गुरुङलाई सोधेँ, बताउनुहोस् त यो गुरुङ माग भनेको के हो ? उहाँ अलमलिनु भयो । तपाईले बाटो बनाउने भन्नेबित्तिकै अरुले पनि गाडी कुदाउँछन्, स्कूल बनाउने भन्ने बित्तिकै, कलेज बनाउने भन्नेबित्तकै अरुका छोरा छोरी पनि पढ्न आउँछन् । अस्पताल बनाउने भन्नेबित्तिकै अरुका पनि बिरामी आउँछन् । विद्युत उत्पादन गरेपछि अरुले पनि बत्ती बाल्छन् । त्यसो भए गुरुङका माग चाहीँ बताउनुहोस् त भनेँ । उनले उत्तर दिन सकेनन् ।  यो सबै नचाहिने कुरा हो । हो, असमानता हुनुहुँदैन, भेदभाब हुनुहुँदैन । अवसर सबैले पाउनुपर्छ । तर त्यो सँगै सहमति र सामाजिक सद्भाव जोगाउनुपर्छ । सामाजिक सद्भाव जोगाउने, अनेकतालाई राष्ट्रिय एकतामा ल्याउने सबै काम एमालेले गर्नुपर्छ । त्यसकारण एमाले सबैतिर आउनुपर्छ ।

हामीले देशको बिकास गर्नुछ । मैले काठमाडौंमा रेल गुुडाउँछु भनेँ, हा हा गरे । मैले भनेँ आमाबाबुले पढाईमा गरेको खर्च बेकार गयो तिनको । तुईन बिस्थापित गर्ने भनेको हा हा गरे । हावाबाट बिजुली निकाल्ने भनेको हा हा गरे । अव त अति नै गर्यो हौ भने । दुनियाँमा हावाबाट बिजुली निक्लेकै छ । केपी ओलीले हावाबाट पनि बिजुली निकाल्छु भनेर अव अति नै गर्यो भने । मतलब बिरोधी कति कमजोर छन् भने उनीहरु तर्कमा जान सक्दैनन् । मजाक गर्यो हौ, ठट्टैठट्टा गर्यो हौं, उखानै टुक्काले सिध्यायो हौ भने । हावाबाट बिजुली निकाल्ने भन्छ, रेल कुदाउने भन्छ । कुदाउने भन्दाभन्दै रेल चलाउने भयो । केरुङबाट काठमाडौं हुँदै पोखरा रेल चलाउने भन्यो हौ । उखान टुक्का अति नै भयो हौ भने । अर्थात् के बुझिन्छ भने उनीहरुसँग कुनै दृष्टिकोण छैन, केही छैन । उनीहरुलाई बिगार्न मात्र आउँछ ।

अव हामीले यो देशको रक्षा गर्नुछ । लोकतान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ । नेपाली कांग्रेस पनि छ नि भन्ने लाग्छ कसैलाई । नेपाली कांगे्रेस थियो पहिले । अव कांग्रेस लोकतन्त्र भनेको केही बुझ्दैन, केही पनि होइन । चुनाब भन्नेबित्तिकै अगाडि एमाले देख्छ, एमालेमय देख्छ । अनि आत्तिन्छ । चुनाब पनि हुँदैन, अनि कांगे्रसको लोकतन्त्र के भयो ? कांग्रेस राष्ट्रियताको कुरा गर्न सक्दैन, नाकाबन्दी हुँदा नाकाबन्दी भन्न सक्दैन । चुलो बाल्न पाईएन, ग्यास छैन, अति भो भन्दा कांग्रेसले बोल्नुहुदैन । पार्टीको बैठकमै मुख बन्द गर भन्यो । बिचरा कांग्रेस छ भन्ने कि थियो भन्ने ? त्यसैले मैले भनेको कांग्रेस यसो हेर्दाखेरी  लामा लामा सिंङ गरेको गजबको देखिन्छ । तर झाडीमा अल्झेको छ ।  लहरा, पहरा भएका ठाउँमा कहिलेकाहीँ बाह्रसिंहे पस्छ । त्यहाँ पसेपछि टाउको निकाल्न सक्दैन । झाडीमा अल्झेपछि यता जाँदा पनि हुँदैन, उता जादा पनि हुँदैन । कांग्रेसलाई मेलै त्यही झाडीमा सिङ अड्केको बाह्रसिंङे भनेको हुँ ।

फेरि अर्को माओवादी कम्युनिष्ट पार्टी हो भन्ने पर्ला तपाईंहरुलाई । उसले नमारेर तपाईंहरु बाँच्नुभएको छ । त्यसकारण कम्युनिष्ट पार्टी हो भन्ने ठान्नुभएको छ । उसले मारेर, मार्न नभ्याएर  तपाईहरु बाँच्नुभयो, त्यसकारण कम्युनिष्ट पार्टी हो भन्ने लाग्छ तपाईंहरुलाई । माओवादी कम्युनिष्ट पार्टी उहिले एकपल्ट थियो । यदि माओवादी अहिले कम्युनिष्ट हो भने म कम्युनिष्ट होईन यो जुनिमा । माओवादी कम्युष्निट हो भने अर्को जुनीमा पनि म कम्युनिष्ट हुने छैन । त्यसैले यो कम्युनिष्ट हो भन्ने भ्रम नपालौं । त्यसैले अव कांग्रेस र माओवादीबाट देश चल्दैन । अव देश बनाउनका लागि एमालेले जित्नुपर्छ । देशलाई गलत दिशामा जान नदिनका लागि एमालेले जित्नुपर्छ । देशको स्वाभिमान उठाउन एमालेले जित्नुपर्छ । अहिलेसम्म सरकार रहेको भए धेरै कुरा अघि बढ्थ्यो । त्यसैले देशीबिदेशी अरु आत्तिनु स्वाभाविक थियो । किनकि हामीले धेरै परिवर्तन ल्याउने थियौं । त्यसैले सबै लागेर एमाले सरकार हटाए ।

यो संसदमा अनुपयुक्त बनावट छ । अघिल्लो त असफल हुने बनावटकै थियो, असफल भयो ।  यो पनि उपयुक्त छैन । एमाले जस्तो पार्टी दुईतिहाई हुनुपर्नेमा एकतिहाई पनि छैन । यस्तो पनि हुन्छ ? एमालेको गएको सरकारले गरेको कामलाई अवको सरकारले पूरा गर्नुपर्यो । एमाले पार्टीले लिएका आर्थिक अडान यसले पूरा गर्नुपर्छ । यत्रो उद्धेश्य छ हाम्रा अघि, त्यसैले हामी साना तिना बिषयमा अल्झिनु हुँदैन ।

बालुवाटारमा तीन दिन देखि कहाँबाट खोलेर प्वाल पार्ने, कहाँबाट काट्ने भन्नका लागि मुसाहरुले दाँत पनि चलाएका चलायै छन्, नंग्रा पनि चलाएका चलायै छन् । चुनाव दुई चरणमा गर्ने कि पर सार्ने भनेर लागेका लाग्यै छन् । एकपटक बिथोलेपछि त त्यो बिथोलियो नि फेरि । त्यसैले निर्वाचनलाई के भनेर बिथाल्ने ? दुई चरणमा भन्ने कि ? एकमहिना पछि गर्ने, पछि सार्ने भनेर बिथोल्ने कि ।  साउनमा चुनाब गर्ने भन्दैछन्, साउनमा चुनाब हुन्छ ? अत्यन्तै अविश्सनीय, अलमल्याउने कोसिस हुँदैछ । नेकपा एमाले यो सरकारलाई गम्भीरताका साथ भन्न चाहान्छ, म प्रधानमन्त्रीलाई गम्भीरताका साथ भन्छु– बोलेका कुराको ठेगान होस् । एकथरीसँग निर्वाचन कसरी असफल पार्ने होला भनेर भन्ने, यता फेरि चुनाब जसरी पनि गरिन्छ÷गरिन्छ भनेर भन्ने । यस्तो खालको तरिका अव हुँदैन । अत्यन्तै अविश्सनीय अवस्था छ । चुनाब स्थगन हुने जोखिम छ । प्रधानमन्त्री भन्छन् मधेशी मोर्चालाई ‘अनबोर्ड’ गर्ने । खुरुखुरु चुनाब गराउनुहोस्, मधेशी मोर्चा चुनाबमा भाग लिन्छ । देख्नुभएन जोडजाड गरेको ? सबै जोडजाड किन गरेका भने अहिलेदेखि गरेन भने भ्याईदैन, त्यही भएर गरेको हो ।

त्यसकारण अव हामीले सबैलाई बिचार गरेर एकताबद्ध भएर जानुपर्छ । अव यो नेपालमा २०७४ साल एमालेमय नेपाल हुन्छ । मैले कांग्रेस र माओवादीलाई भन्ने गरेको छु चुनाबसँग डरलाग्छ, तर चुनाब त जहिले भए पनि गराउनुपर्ला नि । एमालेसँग डरलाग्छ,  लागेर के गर्नु अव एमाले त छ एमाले त छ के गर्ने ? एमालेसँग डर लाग्नु स्वाभाबिक हो । उहाँहरु जालझेल गर्नुहुन्छ, जालझेलमा पर्नुहुन्छ , हामी÷एमाले काम गर्छाैं, काममा विश्वास गर्छौं । त्यसैले सबै लाग्नुहोस्, एमालेलई जिताउनुहोस् ।
एमालेले जित्दैन भने कसले जित्छ ? सूर्यले उज्यालो पार्दैन भने कसले उज्यालो पार्छ ? हामी अत्यन्त सशक्त र मजबुत छौं । त्यसैले सानातिना विषयमा नअल्झिनु । हो, गीतमा अल्झिन मिल्छ, पछ्यौरीमा, परेलीमा अल्झिन मिल्छ । अहिले हामी परेलीमा अल्झिंदैनौं । सानातिनामा नअल्झिनुहोस् । यो घरको मामिलामा होला । तर अव देश बनाउने कुरामा केन्द्रित भएर लागौं । जनताका बीचमा गएर काम गर्छ एमाले । अनि कसरी कमजोर हुन्छ ?

यो कांग्रेसले अव केही पार लाग्दैन । त्यसैले कोही इमान्दार कांग्रेस छ, राष्ट्रको मायाँ भएको कांग्रेस छ भने एमालेमा बोलाउनुहोस् । हिजो कांग्रेस थियो, अहिले पनि कांग्रेस छ  किनकि उ कसैले नबोलाएर कांग्रेस भएर बसेको छ । त्यसैले उसलाई ठाउँ दिनुहोस् । उसलाई देशको, लोकतन्त्रकोे माया लाग्छ, ठाउँ दिनुहोस् । माओवादी एकपटक बाढी जस्तो आयो, माओवादीमै लागौं कि भनेजस्तो थियो ।  पछि हेरेको त केही रहेनछ । केही झुक्किएर लागे । हामी झुक्किएर लाग्यौं, अव त फिर्ता बोलाई दिए हुने नि भनेर साथीहरु बसेका होलान् । बोलाई दिनुहोस् । सबैलाई समेटौं, एकताबद्ध भएर लागौं । अव एमाले आयो/आयो ।

(नेकपा एमाले सुर्यबिनायक नगरपालिका वडा नं २ का बुद्धिजीविसँग शनिवार साँझ भएको निर्वाचन सम्बन्धी अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले दिएको मन्तब्य) 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah