काठमाडौँ । रौतहटमा बुधबार साँझ गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिले प्रहार गर्दा भारतीय नागरिक विजय गुप्ता घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड