इटहरी/ सुनसरीको दुहबी नगरपालिका ८ कि २० बर्षीया रमिला कार्कीको बिराट नर्सिङ होममा निधन भएको छ । ११ गते बिराट टिचिङमा बिरामी ल्याएको र मङ्गलबार विना अप्रेशन (नर्मल डेलिभरी) भएको पीडितको भनाई छ ।

टिचिङ हस्पिटलबाट बिरामीको परिवारलाई थाँहै नदिइ नर्सिङमा रेफर गरिएको पीडितका आफन्त पन्चम कार्कीले बताए । उनले भने “नर्मल डेलिभरी भएको भएपनि पाठेघरको अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भनेको थियो, बिराट टिचिङ हस्पिटल बाट हामीलाई थाहै नदिइ यहाँ ट्रान्सफर गरेको थियो ।“ उनका अनुसार नानी र आमाको अवस्था नर्मल रहेकाले खाना खुवाएपछी पाठेघरबाट ब्लिडिङ भएको थियो । डा.ग्यानेन्द्र कार्कीले पाठेघरको अप्रेसन गर्न सल्लाह दिएको भएपनि आफूलाई थाहै नदिई बिरामी रेफर गरिएको पीडितको गुनासो छ । अहिले डाक्टरलाई किन यस्तो भयो भनेर प्रश्न गर्दा पन्छिने गरेको पीडितका आफन्त सुजेश कार्कीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कपुरीसँग भने, “युटुबमा हेर्नुस् अप्रेसन गर्दा कति मान्छे मर्छन् भनेर डाक्टर पन्छिए ।“ उनले डेलिभरी केसमा बिरामीको मृत्यु हुनु गम्भीर लापरबाही रहेको औल्याउँदै भने, “हामी युटुबमा हेर्नका लागि यहाँ बिरामी ल्याएको हो ?“ उनले भने, “उसोभए हामी चुपचाप जाने त ?“ अहिले रमिलालाई बिराट नर्सिङको आइसियुमा राखिएको छ भने बच्चालाई बिराट टिचिङको आईसियुमा राखेको पीडितले बताए । टिचिङमा भने सिकारु डाक्टरहरु रहेका छन् । यहाँ मेडिकल शिक्षा पढाइ हुँदै आएको छ भने नर्सिङ होममा उपचार हुँदै आएको छ । “नर्मल डेलिभरी केसमा कसरी यो भयो ? हामीले मर्ने बाच्ने स्थितिमा ल्याएको हैन,“ कार्कीले भने, “अहिले डाक्टरले पाठेघर निकालेपछि दुवै किट्नी खराब भएको भन्दै पन्छिएको छ ।“ उनले बिरामीको पाठेघर निकालेपछि दुवै किट्नी समेत खराब भएको प्रतिक्रिया दिएको बताए । यसअघि पनि यो अस्पतालमा डेलिभरी केसमा डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु हुँदै आएको छ । अहिले पीडितका आफन्तले नर्सिङ होममा धर्ना दिइरहेका छन् भने बाक्लो मात्रामा नेपाल प्रहरी र शशस्त्र प्रहरी रहेका छन् । यता अस्पतालले भने वार्तामा समेत आउँन नमानेको पीडितको आरोप रहेको छ ।कपुरी न्युजबाट साभार