काठमाडौं/एकताका महत्वपुर्ण कार्य लगायत अन्य विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उहाँ बिहिबार मात्रै फिर्ता हुनु भएको थियो । आज विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिइएको छ ।
प्रधानमन्त्रीओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार बैठक बिहान १० बजेका लागि बोलाइएको छ । बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्नेलगायत विषयहरुमा छलफल गरिने भएको छ ।









