काठमाडौँ / उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठक विना निश्कर्ष टुंगिएको छ ।
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बिहान १० बजेदेखि बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।
करिब ३ घण्टासम्म चलेको बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका छन् ।मंसिर १४ गते ५३ स्थानमा उपनिर्वाचन हुँदैछ ।










