जलथल । हल्दिवारी गाउँपालिका ५ स्थित कन्चनश्री बजारमा आगलागी हुँदा स्थानीय मायानाथ पोख्रेलको घर जलेर नष्ट भएको छ ।

जलथल प्रहरी असई भरत कोइरालाका अनुसार पोख्रेलको घर सहित ३० लाख बराबरको क्षति भएको छ भने एउटा गाईको बाछो समेत जलेर मरेको छ । आगजनी पीडित पोख्रेलले दिएको जानकारी अनुसार घरका सबै परिवार धान काट्न गएको बेला कसरी आगजनी हुन पुग्यो थाहा हुन सकेन । आगजनी बाट नगद ३ लाख ४ तोला सुन २० तोला चाँदी लगायत सबै नष्ट भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगजनी नियन्त्रण गर्न भद्रपुर बाट आएको दमकल ,स्थानीय प्रहरी र स्थानीयहरूले सहयोग पुर्‍याएका थिए । घटनास्थल पुगेका हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले तत्काल गाउँ पालिकाबाट राहत सहयोग गर्ने बताउनु भएको छ ।