कात्तिक १७ गते । सिन्धुपाल्चोक चौतार साँगाचोक गढी नगरपालिकाका ९ सुकुटेमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । साथै घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि धुलुखेल अस्पताल लगिएको संघीय प्रहरी कार्यालय काभ्रेका एसपी सारदाप्रसाद चौधरीले बताउनुभयो ।

दोलखाको मागादेउरालीवाट काठमाडौं आउँदै बा२ख ७२४५ नंम्बरको बस आइतबार सडकवाट सिधै सुनकोशी नदीमा खसेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो बसमा ३०/४० सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिनुभयो ।