काठमाडौँ/सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटार बस्ने भएको छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि डाकेको बालुवाटार स्रोतले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिर्गौलाले काम नगर्ने भएपछि दुईपटक डायलाइसिस गरेर बिहीबार साँझमात्र फर्किएका प्रधानमन्त्री ओली दुईदिनदेखि काममा सक्रिय देखिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको थियो भने सचिवालय बैठकले संघ, प्रदेश र उपमहानगरमा पार्टी उमेदवार चयन गरेको थियो ।

आइतबार सातवटै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरिएकोमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुअघि पार्टीमा छलफलका ११ बजे सचिवालय बैठक बस्ने भएको छ ।