काठमाडौं, ११ वैशाख । लामो समयपछि भुकम्पको धक्का महसुस भएको छ । सोमबार साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर भुकम्प गएको छ ।
भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको बराम्ची केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको हो । दुई महिनाअघि रामेछाप केन्द्र भएर ४ दशमलव ७ रेक्टरस्केलको पराकम्प गएको थियो ।




