काठमाडौं/ काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ओम हरेराम सवारी काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई छ । सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ भिमिरे घर भएका ४० वर्षीय निरञ्जन रानामगर सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई १ बुक तास र नगद १४ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










