पाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ ।

सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो । सुवेदीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. जेपी जैसवाल नेतृत्वको चिकित्सक टोलीले उनको ब्लक भएको मुटुको भल्ब शल्यक्रियामार्फत खुलाएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल सुवेदीको अवस्था स्थिर छ ।