काठमाण्डु , १९ कात्तिक – काठमाण्डुमा भएको दूई दिने नेपाल र यूएईबीचको बैंठकमा श्रम समझदारी तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ । अब शून्य लागतमा नेपाली कामदार पठाउन संयुक्त अरब इमिरेट्स (यूएई)सँगको श्रम समझदारी कार्यान्वयन हुने भएको छ ।

आइतबार र सोमबार बसेको दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लूसी) पहिलो बैठकले समझदारी तत्काल कार्यान्वयनमा लैजाने सहमति जुटाएको छ । अब यूएईबाट आउने मागपत्रमा अभिमुखीकरण र कल्याणकारी कोषमा जम्मा गर्नुपर्नेबाहेक सबै खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरेले बताए । बैठकको निणर्यसँगै अब यस श्रम समझदारी पूर्ण कार्यान्वयन सुरु हुनेछ । बैठकमा नेपाली प्रतिनिधिमण्डलतर्फ श्रम मन्त्रालयका सहसचिव घिमिरे र यूएईका तर्फबाट मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले टुंगो लगाउन बाँकी विषयमा सहमति जुटाएसँगै नयाँ समझदारीअनुसार नेपाली कामदार छनोट र भर्ना प्रक्रिया सुरु हुने बाटो खुला भएको हो ।यसअघि, नेपाल र यूएईबीच गत ३१ जेठमा शून्य लागतमा नेपाली कामदार जान पाउने गरी नयाँ समझदारी भएको थियो । सो समझदारीमा नेपाली कामदार वैदेशिक रोजगारीका लागि यूएई जाँदा लाग्ने सम्पूर्ण लागत खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने, न्यूनतम पारिश्रमिक प्रत्याभूत हुनुपर्ने, बिमा, स्वास्थ्य, आवास, बिदालगायतका विषय कामदारको हितअनुकूल समेटिएका थिए ।

यसैगरी, श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको न्यायमा पहुँच हुने वातावरण तय गरिनुपर्ने समझदारीपत्रमा उल्लेख छ । नयाँ श्रम समझदारी कार्यान्वयनपछि कामदार/श्रमिकले आफ्नो राहदानी आफैंले राख्न पाउनेछन् ।नेपालका महिला कामदारका लागि यूएई उचित गन्तव्य मुलुक भएकाले महिला कामदार सम्बन्धमा छुट्टै सुरक्षा व्यवस्थालगायतका विषयमा दुवै पक्षबीच सहमति भएको छ ।