पुष्पराज अधिकारी
मकवानपुर । पूर्व–पश्चिम राजमार्गमा भएकाे दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हेटौंडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा हेटौंडा–१५ रातोमाटेका ३५ वर्षीय औतार स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल बस्ने ३२ वर्षीय मनिष लामा रहेको प्रहरीले जनाएको छ ।
घाइते लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।










