दमक/झापाको दमकमा शिक्षामा नवसिर्जना मेला–२०७६ हुने भएको छ । यसको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिईएको छ । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको प्रेस बिज्ञप्ति-
प्रेस नोट
सञ्चारकर्मी मित्रहरु, दमक नगरपालिकाको निमन्त्रणालाई स्विकार गरि यस पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भई दिनु भएकोमा हार्दिक स्वागत गर्दछौं ।
यस दमक नगरपालिकामा जनप्रतिनिधीहरुको जिम्मेवारी स्थापित भएदेखिनै पूर्वाधार विकास, आर्थिक तथा सामाजिक सशक्तिकरण, रोजगारी अभिवृद्धी, वातावरण संरक्षण, उपभोक्ता अधिकार, न्यायीक कार्य सम्पादन लगायतका बिषयसँगै शिक्षा क्षेत्रमा विशेष महत्व दिईँदै आएको छ । नगरका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा प्रदान, छात्रा लक्षित विभिन्न कार्यक्रम तथा शिक्षामा नगरको दूरदृष्टि निर्धारणका लागिा बिभिन्न चरणका छलफल, शिक्षक तालिम, शैक्षिक सामाग्री निर्माण प्रशिक्षण वृहत वाल महोत्सव लगायतका योजनाहरु सम्पन्न गरिएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, दातृसंस्था एवम् सरोकारवालाहरुसँग साझेदारी र सहकार्यमा समेत बिभिन्न कार्यक्रमहरु गरिदैआएको कुरा यहांहरुलाई अवगतै छ ।
यसै क्रममा यस दमक नगरपालिकाको संयोजनमा यहि कातिक २० गते देखि २३ गते सम्म नौलो ढंगबाट शिक्षामा नवसिर्जना मेला–२०७६ (The Innovation in Education Fair 2019) आयोजना हुन लागेको जानकारी गराउँदछौं । अमेरीकी दूतावासको बुक बस कार्यक्रम अन्तर्गत हुन लागेको यस कार्यक्रममा साझेदार र समन्वयको रुपमा UNHCR र बिभिन्न संस्थाहरु पनि जोडिएका छन् । यिनै विभिन्न संस्थाहरुसँगको सहकार्य र दमक नगरपालिकाको लामो समय देखिको समन्वयले यो कार्यक्रम हुन गई रहेको छ । यसै कार्यक्रमका बारेमा जानकारी दिन यहाँहरुलाई आमन्त्रण गरिएको छ । के हुन्छ शिक्षामा नव सिर्जना मेलामा ? यस मेलाले शिक्षकहरुमा तथा विद्यार्थीहरुमा कार्यशाला सञ्चालन , प्रस्तुति र प्रतिबद्धता तीनैवटा क्षेत्रमा नवीनतम शैक्षिक विधि र प्रविधिहरु को प्रस्फुटन गर्ने कार्य गर्दछ । यसले विशेष गरेर शिक्षकहरूको एकीकृत पाठ्यक्रम निर्माण गतिविधि, त्यस्तै गरेर गणित र विज्ञानका सिकाइ को लागि सुरक्षित तथा रमाइलो वातावरणमा कसरी शिक्षण गर्न सकिन्छ भन्ने कुराहरूको सीप प्रदान गर्ने तथा शुन्य लागतमा शैक्षिक सामग्रीहरू निर्माण गरी कक्षाकोठामा प्रस्तुत गर्ने सीपको विकास गराउने छ । त्यस्तै गरेर शैक्षिक सामग्रीको रुपमा स्थानीय समुदाय तथा वातावरणको प्रयोग गर्ने सीप कक्षाकोठामा कथाको माध्यमबाट शिक्षण गर्ने सीप साथै शारीरिक तथा मानसिक विकासमा विद्यार्थीहरुलाई कविता नाटक विभिन्न खालका प्रस्तुतिहरु को माध्यमबाट सुरक्षित स्थानको रूपमा विद्यालयलाई परिभाषित गर्दै शिक्षण सिकाइलाई थप मनोरञ्जनात्मक सृजनात्मक र गुणात्मक बनाउनकालागि यस नव सिर्जना मेलाले सहयोग पुग्नेछ । त्यस्तै विद्यार्थीहरुमा आजको वैज्ञानिक युगमा फिल्महरु निर्माण गर्ने तरिका, चल्ने सामग्रीहरू पारिस्थितिक प्रणाली, वैज्ञानिक आविष्कारहरु, मिडिया साक्षरता जस्ता विषयवस्तुहरुमा रोचक ढंगबाट समूहगत रुपमा सक्रिय सहभागी भएर निष्कर्ष निकाल्दै आगामी समापनको बेला प्रस्तुत गर्ने समेत कार्यक्रम रहेको छ।
यहि कार्यशालाबाट सातवटा अलग अलग विधामा विद्यालयले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गरी आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने छन् । शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम ः यस शिक्षामा नवसिर्जना मेलाकै अंगको रुपमा विद्यार्थी लक्षित विशेष कार्यक्रम पनि गरिने छ । कातिक २० गते देखि २३ गते सम्म शिक्षक लक्षित कार्यक्रम सञ्चालन हुने छन् । जसमा ७ ओटा फरक फरक बिषयमा छलफल, बहस, अभ्यास लगायतका कार्यक्रम हुने छन् । ति बिषय यस प्रकार छन् ः १) विज्ञान र गणित बिषय सिकाईलाई कसरी वालरुचीकर, श्रीजनशिल र सहभागीतामूलक बनाउने । २) खर्च रहित तथा शुन्य खर्चमा कसरी शैक्षिक सामाग्रीहरु तयार गर्ने र अभ्यास गराउने । ३) स्थानीय तहले शिक्षाक्षेत्रमा आफ्नो श्रोत साधनको परिचालन कसरी गर्ने । ४) मन छुने कथा, कविताको उपयोगलाई कसरी उत्प्रेरक बनाउने । ५) कविता, नाटक जस्ता श्रीजनशिल लेखाईमा कसरी रुची बढाउने र अभ्यास गराउने । ६) विद्यालय सुरक्षित स्थान हो भनेर कसरी अनूभूती दिलाउने । ७) सिकाई केन्द्रको व्यवस्था र उपयोग कसरी गर्ने । शिक्षकहरुलाई लक्षित गरेर हुने यो कार्यक्रम अघि कातिक १७ र १८ गते दमक नगरपालिकाका २१ ओटा सामुदायीक विद्यालयका विद्यार्थीलाई लक्षित गरि बिभिन्न ६ ओटा बिषयमा छलफल तथा अभ्यास गराईने छ । सो कार्यक्रमको बारेमा विस्तृत विवरण अर्को पानामा उल्लेख गरिएको छ । पत्रकार मित्रहरु, दमक नगरपालिका भित्रको शैक्षिक वातावरण सुधारका लागि महत्वपूर्ण र नेपालमानै नौलो अभ्यास र अनुशरणको उदाहरण बन्ने लक्ष्य लिईएको यो बृहत कार्यक्रम सफलताका लागि यहाँहरुबाट सिर्जनात्मक भुमिकाको अपेक्षा गरेका छौं । यहाँहरु मार्फतनै यस नविन सिर्जना मेला तयारीका सवै काम पूरा भएको सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं । साथै यस कार्यक्रम अवधी भरि यहाँको सकृय सहभागीताको अपेक्षा गर्दै यस नविन कार्यको सन्देश आ आफ्नो सञ्चार माध्यम मार्फत सवै समक्ष प्रवाह गरि दिनु हुने छ भन्ने विश्वास समेत व्यक्त गर्दछौं । साथै यो कार्यक्रमको आयोजनामा अग्रसर हुने र दमक नगरपालिका छनौट गर्ने अमेरीकी दूतावास UNHCR एवम् सम्पूर्ण सहयोगी तथा साझेदार संस्था र यो कार्यक्रममा महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आभार समेत व्यक्त गर्दछौं ।
गीता अधिकारी उपप्रमुख, प्रवक्ता तथा शिक्षा समिति संयोजक दमक नगरपालिका, झापा










