काठमाडौं/नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको विरोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।
यो नक्साको फोटोबारे गुगलमा ‘रिभर्स सर्च’ गर्दा यो नक्सा मनिष नामको ट्वीटर ह्याण्डलबाट अपलोड भएको देखिएको छ । बुधबार दिउँसो अपलोड भएको यो नक्सा रातारात भाइरल भएको हो । भारतले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको विरोध सुरु भएपछि अहिले ट्वीटरमा ह्याशट्याग ब्याकअफ इण्डिया १ नम्बरमा ट्रेण्ड गरिरहेको छ ।
भारतले जारी गरेको आफ्नो नक्शामा नेपालको भूमिसमेत समावेस गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको छ। सरकार, प्रमुृख दलहरु, विद्यार्थी संगठन, पेशाकर्मी तथा बुद्धिजिवीहरुले भारतीय कदमको विरोध गरेका छन्।
The government of Nepal has just released the new Map of Nepal! #Backoffindia Cr: facebOOk pic.twitter.com/MSQqA0DwCG
— :) (@itsmanishy) 6 November 2019









