कार्तिक शुक्ल पक्षको एकादशी तिथिका दिन तुलसी विवाह गरिन्छ । उक्त दिनलाई हरिवोधनी एकादशी समेत भनिन्छ । यस दिन तुलसीको भगवान शालिग्रामसंग विधिपूर्वक विवाह गरिन्छ । उक्त दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसंगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्रँम तथा तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।


यस दिन तुलसीको विवाह किन गरिन्छ?
जसमा वृन्दा नाम गरेकी पतिव्रता स्त्रीलाई भगवान विष्णुसंग शालिग्राम (ढुंगा) स्वरुपमा विवाह गर्ने वरदान प्राप्त भएको थियो । विवाहका लागि के शर्त राखिएको थियो भने वृन्दाले तुलसीको स्वरुप लिने छिन् । वरदान अनुसार, त्यसपछि तुलसी र शालिग्रामको विवाह भएको थियो ।
तुलसी विवाहको फाइदा
तुलसी तथा भगवान शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरु अन्त्य हुने धार्मिक विश्वास छ ।
विवाहको विधि
तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र ओढाउनु पर्छ । त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah