कास्की क्षेत्र २ को प्रतिनिधि सभा सदस्यका लागि नेकपाकी उम्मेद्वार विद्या भट्टराईले मनोनयन दर्ता गरेकी छन् ।
मनोनयन दर्तामा भट्टराईका प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् ।
यस्तै भट्टराईको समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छन् । मनोनयन दर्ता अगाडी नेकपाले बाजागाजासहित र्याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेको थियो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ ।
नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेललाई अघि सारिएको छ भने राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।










