#

धर्मशास्त्रअनुसार तपाईंले केही गोप्य राख्नैपर्ने कुराहरु यी हुन्

  एजेन्सी   २०७६ कार्तिक २२, शुक्रबार १६:१८ मा प्रकासित

सामान्यतया आफ्नो जिवनमा घटेकता तथा आफूले गरिरहेका कुनैपनि कुरा आफ्नो साथीभाइ तथा आफन्तलाई सेयर गर्नु कुनै आश्चर्य होइन । तर धर्मशास्त्र अनुसार कतिपय कुरा यस्ता हुन्छन् जुन कुरा तपाईंले झुक्किएर पनि अरु सँग सेयर गर्न हुँदैन । के हुन् त ति गोप्य राख्नुपर्ने कुराहरु–

दान- धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।

मन्त्र – यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।

घर परिवारको झगडा -तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । यो सामान्य कुरा हो । तर यो कुरा ख्याल राख्नुस् कि आफ्नो घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।

अपमान -तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।

यौन सम्बन्ध – तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।

पद तथा प्रतिष्ठा – सामान्यता कुनैपनि मानिसहरुमा पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने स्वभाव हुन्छ । तर, पद र प्रतिष्ठाको विषयमा सकेसम्म आफूले अरुसँग कुरा गर्नु हुँदैन ।

धन हानी- कहिं कुनै कारणले तपाईंको धन हानी भयो भने पनि त्यस्तो कुरा गोप्य राख्नुस् । यस्ता कुराहरु अरुसँग सुनाएर पनि तपाईको धन फर्किने होइन । यसबाट तपाईंको मजाक उडाउने बाहेक अरु केही हुँदैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु