#

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

  पत्रपत्रिका   २०७६ कार्तिक २२, शुक्रबार १८:१४ मा प्रकासित

कार्तिक २२, धनगढी । भारतले यही साता जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज तथा सीमाविज्ञहरुले सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् ।

सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ अभियानको थालनी गरेका छन् । सुदूरपश्चिमका युवाले स्वतःस्फुर्तरुपमा अभियानको थालनी गरेका हुन् । यस्ता मोटरसाइकलहरु कैलालीको धनगढी, अत्तरियामा देखिएका छन् ।

लिपुलेक, कालापनी नेपालीको भए पनि भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विवादित भूमि भएको बताएका थिए । त्यस्तै उनले नयाँ नक्सामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेका थिए । नेपाल सरकारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धी विषयमा एकल निर्णय मान्य नहुने बताएको थियो ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु