चितवन, २३ कार्तिक । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल आएका एक युवकको शव चितवनको भरतपुर अस्पतालमा फेला परेको छ ।

लमजुङ दूधपोखरी गाउँपालिका–२ का २३ वर्षीय विष्णुबहादुर सुनारले अस्पतालको मेडिकल वार्डको श भर्‍याङमा झुण्डिएर शुक्रबार आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफूसँग भएको लामो रुमालेको पासो लगाएको प्रहरीले बताएको छ ।

सुनार श्रीमतीको उपचारका लागि अस्पताल आएका थिए । डेढ महिनाअघि उनकी श्रीमतीले बच्चा जन्माएकी थिइन् । सुत्केरी श्रीमती बिरामी भएपछि सुनार अन्य दुई जना अभिभावकहरुका साथ उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।

सुनारको आत्महत्या सम्बन्धमा विस्तृत सोधखोज र अनुसन्धान बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी शालिग्राम पौडेलले बताएका छन् ।