भद्रपुर\ पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने भएको छ ।

मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ ।

हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा किराँत धर्मका गुरु आत्मानन्द लिङ्देनलाई निमन्त्रणा गरेकोमा समस्त किराँत धर्मावलम्बी हर्षित भएको बताए ।

“यसबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउँछ”, किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बाले भने । “जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउने भएको छ । भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah