१३ वैशाख ।

१. दुई चरणमा निर्वाचन किन ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मिति घोषणा गर्नुभएको थियो, हामीले घोषणा गरेको त होइन ? यो निर्वाचन नै नगर्ने सोच त होइन ?

२. बजेटपछि निर्वाचन कसरी ?

बजेट वक्तव्यपछि निर्वाचन गर्ने कुरा आचारसंहिताविपरीत हुन्छ । निर्वाचनलाई प्रभावित गर्न यस्तो षड्यन्त्र भएको हो । यसमा हाम्रो सहयोग हुनेछैन ।

३. परिमार्जन क–कसको सहमतिमा ल्याइयो ?

संसद्मा ल्याएको पछिल्ला संशोधन प्रस्ताव क–कससँग छलफल गरेर ल्याइयो ? यसमा पनि मोर्चाले अझै नमानेको कुरा बाहिर आइरहेको छ । अनि यसलाई हामीले कसरी बुझ्ने ?

४. स्थानीय तहको संख्या किन थप्ने ?

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनविपरीत जथाभावी संख्या किन थप गर्ने ? मोर्चाले भन्यो भन्दैमा जे पनि गर्दै हिँड्ने ? १४ गतेभित्र सिमाना र संख्या परिमार्जन गर्न पत्राचार गर्नुभएछ, निर्वाचनको वेला मतदाता परिचयपत्र हेरफेर गर्न कहाँ मिल्छ ?

 नयाँ पत्रिकामा खबर छ